![]()
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चाडवाडको शुभकामना दिदै आयोजना गरेको चियापान समारोहमा खाजामा भेदभाव गरेको छ । पार्टी कार्यकर्ता लगायत सर्वसाधारणलाई चिया, नमकिन, लड्डू र केरा बितरण गरिएको छ भने बिशिष्ट पाहुनाहरुका लागि बिशेष स्याण्डबिच दिइएको छ ।
बिशिष्ट पाहुनालाई स्याण्डबिच खुवाउन समय पनि फरक राखिएको थियो । नेकपाले पार्टीका कार्यकर्तासहित अन्य सहभागि फर्किसकेपछि दिउँसो ३ बजेदेखि मात्रै बिशिष्ट पाहुनाको समय राखेको थियो । त्यहीबेला उनीहरुलाई स्याण्डबीच बाँडिएको थियो । स्यान्डविचमा चिज र स्वदिलो बटर राखिएको थियो ।
चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको थियो । चियापान कार्यक्रमका लागि कात्तिक ३ गतेदेखि निम्की, खस्ता कचौरी, लड्डूलगायत तयार गर्न थालिएको थियो । जसका लागि ३ गतेदेखि नै २० जना कूक खटिएका थिए ।


