Breaking News.... EverestOnlineKhabar
May 1, 2026

रोनाल्डोको युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई हरायो

Loading

एजेन्सी । युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई १–० ले हराएपछी क्रिष्टियानो रोनाल्डोको ओल्ड ट्राफोर्ड भ्रमण सुखद भएको छ । जितसँगै युभेन्टसले च्याम्पियन्स लिगअन्तर्गत समूह एच ५ अंकको अग्रता बनाएको छ ।

युनाइटेडका पूर्व स्टार रोनाल्डोले १७औं मिनेटमा गोलको अवसर सिर्जना गरिदिएका थिए । रोनाल्डोको क्रसलाई पाउलो डिबालाले पोस्टको दिशा दिएका हुन् । डिबालाको त्यही गोल युनाइटेडलाई हराउन पर्याप्त भयो ।

पहिलो हाफमा युनाइटेडमाथि पुर्ण रूपमा हावी बनेको युभेन्टसले अग्रता दोब्बर बनाउने केही राम्रा अवसर गुमाएको थियो । ७० प्रतिशत बल पोसेसन बनाएको युभेन्टसले बिपक्षी पोस्टमा १० प्रहार गरेको थियो भने युनाइटेडले विपक्षी पोस्टमा एकमात्र प्रहार गरेको गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed