![]()
एजेन्सी । म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शाख्तर डोनेट्स्कबिरुद्ध सहज जित निकालेको छ । लिग अन्तगर्त सम्पन्न समूह एफको खेलमा सिटीले युक्रेनी क्लब शाख्तर डोनेट्स्कमाथि ३–० को गोलअन्तरले जित निकालेको हो ।
घरेलु मैदानमा डोनेट्स्कलाई पराजित गर्न सिटीका डेभिड सिल्भा, बर्नार्डो सिल्भा र एम्रिक लापोर्टेले गोल गरे । बिजयीसँगै सिटी समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ ।
लिग अन्तगर्त भएको समूह जि को खेलमा रोमाले मस्कोलाई पराजित गरेको छ । रोमाको मैदानमा भएको खेलमा मस्को ३–० ले पराजित भएको हो ।


