Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । समुद्री आँधी विलाका कारण मेक्सिकोको पश्चिमी क्षेत्रमा जनजीवन प्रभावित हुन थालेको छ । पूर्वानुमानकर्ताले निकै भयानक हुने बताएको आँधी विला मेक्सिको पश्चिमी तटीय क्षेत्रमा ठोक्किएको हो ।

अहिले क्याट्गोरी थ्रीको आँधीका कारण १९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । आँधी प्रधावित क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्कन भनिएको छ ।

अक्टोबरको सुरुमा माइकल आँधीका कारण अमेरिका केही क्षेत्रमा ठूलो क्षति भएको थियो र कम्तिमा २७ जनाको ज्यान गएको थियो ।

विला आँधीका कारण सान ब्लासको तटीय क्षेत्र, पर्यटकीय शहर माजाट्लान तथा लासइस्लास मारिएससहितका क्षेत्रमा बढी प्रभाव पर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed