![]()
काठमाडौं । विजयादशमीपछिको उपलक्ष्यमा मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम जारी छ। टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो देखिएको छ। काठमाडौं उपत्यकामा यातायातका साधन पर्याप्त नचलेकाले टीका लगाउन जाने र लगाएर फर्किनेलाई समस्या भएको छ।
नवरात्रभर नवदुर्गाको पूजा आराधना गर्ने र विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा मान्यजनको हातबाट थाप्ने परम्परा छ। घरमा टीका थापेपछि अन्यत्र टीका थाप्न जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ। नेपालकै केही भागमा भने विजयादशमीका दिन मात्र टीका लगाउने चलन छ।


