Breaking News.... EverestOnlineKhabar
May 2, 2026

दशैंको टीका लगाउनेक्रम जारी, पूर्णिमासम्म लगाउन सकिने

Loading

काठमाडौं ।  विजयादशमीपछिको उपलक्ष्यमा मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम  जारी छ। टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो देखिएको छ।  काठमाडौं उपत्यकामा यातायातका साधन पर्याप्त नचलेकाले टीका लगाउन जाने र लगाएर फर्किनेलाई समस्या भएको छ।

नवरात्रभर नवदुर्गाको पूजा आराधना गर्ने र विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा मान्यजनको हातबाट थाप्ने परम्परा छ। घरमा टीका थापेपछि अन्यत्र टीका थाप्न जाने क्रम कोजाग्रत पूर्णिमासम्म रहन्छ। नेपालकै केही भागमा भने विजयादशमीका दिन मात्र टीका लगाउने चलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed