Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले यस पटक दशैं तिहार र छठ आफ्नो पैतृक गाउँमै मनाउने भएका छन्। केही वर्षयता काठमाडौंमा दशैं मनाउँदै आएका डाक्टर यादव यस पटक गाउँमै विशेष योजनाका साथ मनाउँदै छन्।

पुराना साथीभाइहरुसँगको भेटघाट र खानपानमा रमाउने उनको छठसम्मको समय गाउँमै बित्नेछ। षष्ठीका दिन काठमाडौंबाट गृहजिल्ला गएका यादव जनकपुरधाम दर्शन गरेर जन्मभूमि सपही पुगे।

‘यस पटकको दशैं, शुक्राती र छठ गाउँमै मनाउने छु,’ डाक्टर यादवले पहिलोपोस्टसँग भने, ‘धेरै स्पेसल कार्यक्रम त बनेको छैन। तर, साथीभाइहरुसँग भेटघाट र खानपान हुनेछ।’

उनी धेरै पुजापाठमा लाग्ने व्यक्ति होइनन्। त्यसैले मधेशको परम्परा अनुसार नै आफू चल्ने बताए।

‘दशैंमा हाम्रोतिर टिका लगाउने चलन छैन। काठमाडौंमा रहेको भए टिका लगाइदिन्थे होलान्। तर, गाउँमा त त्यही हो भेट्न आएकाहरुलाई आर्शिवाद दिने,’ डाक्टर यादवले भने, ‘काठमाडौंको भन्दा फरक हुन्छ हाम्रो दशैं। दुर्गा पुजामा गामघरमा मेला लाग्ने गरेको छ। गामघरको मेलामा झिल्ली मुरही, कचर पाइन्छ। मिठाइमा पहिले जिलेवी र मुंगवाहरु मात्रै पाइन्यो अहिलेत रंग रंगको मिठाइहरु पाइन्छ।’

छठको घाटसम्म आफै पुग्ने बताउँदै डाक्टर यादवले भने, ‘दशैंमा त धेरै घुमघाम हुँदैन। बढी खानपान हुने हो। तर छठमा छठ घाटसम्म आफैँ पुग्नेछु। सानाहरुलाई आर्शिवाद दिनेछु।’

छठ पर्वको ठेकुवा, भुस्वा (लड्डु) खाएर काठमाडौंमा फर्किने योजना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed