Breaking News.... EverestOnlineKhabar
April 30, 2026

प्रधानमन्त्रीले चतुर्दशीसम्मै कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिने

Loading

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालि मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मीमात्र हैन, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पनि टीका लगाइदिने भएका छन्।

राजतन्त्र हुँदा राजा र रानीले मात्र टीका लगाइदिने प्रचलन थियो। गणतन्त्र आएपछि राष्ट्रपतिले पनि टीका लगाइदिने चलन सुरु गरिएको थियो।
यो वर्ष भने पहिलो पटक प्रधानमन्त्रीले विजयादशमीको दिन मात्र हैन, चतुर्दशीसम्मै टीका लगाइदिन लागेका हुन्।

विजया दशमीको दिन साढे ३ देखि साढे ५ बजेसम्म ‘कार्यकर्ता र सर्वसाधारण’लाई समय छुट्याइएको छ टीका लगाइदिने। तर भोलिपल्ट एकादशीदेखि चतुर्दशीसम्म बिहान ९ बजेदेखि दुई घण्टा प्रधानमन्त्रीले टीका लगाइदिने समय छुट्याएका छन्। यो समयमा कार्यकर्ता र शुभचिन्तकहरुले टीका लगाउन सक्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed