Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : पूर्व प्रधानमन्त्री खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा  आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै खनालले कमी-कमजोरीलार्इ सुधार्दै जनविश्वास कायम राख्न पनि साेहि अनुसार काम गर्न सरकारलाई  झाव दिए ।

नेता  खनालले विकास निर्माणका गतिविधि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि कमजाेर जस्ताे देखिएकाे बताए । सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको खनालकाे भनार्इ थियाे।

अनेकौं कमजोरीका बावजुत सरकार संविधान कार्यान्वयनमा भने सफल भैरहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed