Breaking News.... EverestOnlineKhabar
May 2, 2026

धनुषामा १३ बर्षीया बालिका बलात्कृत, ६५ बर्षीय बृद्ध पक्राउ

Loading

जनकपुर । धनुषामा फेरि १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । विदेह नगरपालिकाकी १३ वर्षीया बालिकामाथि बालत्कार भएको हो । औरही गाउँपालिका २ मा १० वर्षीया बालिका मनिता यादवलाई बालात्कार गरी हत्या भएको घटनाको एकसाता नवित्दै पुनः १३ वर्षीया बालिकामाथि बालात्कार भएको छ ।

बालत्कार गरेको आरोपमा प्रहरीले धनुषाको विदेह नगरपालिका ७ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले बलात्कार गरेको बताइएको छ ।

घटनालाई स्थानीय केही जनप्रतिनिधि र स्थानीय प्रहरीले समेत पैसाको चलखेल गरी ढाकछोप गर्न खोजेका थिए । तर घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed