![]()
एजेन्सी । भारतकी एक गायिका श्वेता पण्डितले प्रख्यात संगीतकार अनु मल्लिकले आफूलाई सन् २००१ मा एक गीत गाउन मौका दिने बहानामा चुम्बन गर्न दबाब दिएको खुलासा गरेकी छिन् ।
श्वेता पण्डितको भेरिफाइड ट्विटर ह्यान्डलबाट गरिएको सो खुलासाका अनुसार उनले आफूलाई यो कुरा खोल्न निकै समय लागेको भए पनि अहिले आएर पुरानो घाउ देखाएको कुरा लेखेकी छिन् । सन् २००० मा अमिताभ बच्चन, शाहरुख खान तथा ऐश्वर्या राय खेलेको चर्चित सिनेमा मोहब्बतेंमा एउटा गीत गाएर आफू चर्चित भएको र अर्को त्यस्तै गीत गाउने सोचमा रहेका बेला अनु मल्लिकका निजी सचिवले आफूलाई मल्लिकसँग भेट्न बोलाएको कुरा उनले लेखेकी छिन् ।
सन् २००१ को मध्यतिर आफूलाई मल्लिकले भेट्न बोलाएकोमा उनी निकै उत्साहित हुँदै अन्धेरी, मुम्बईमा रहेको एम्पाएर स्टुडियो गइन् । त्यसबेला उनको उमेर केवल १५ वर्ष थियो । आफूले अनु मल्लिकको संगीतलाई मन पराउने गरेको र उनले संगीतबद्ध गरेका गीत घण्टौं रियाज गर्ने गरेको पनि उनले बताएकी छिन् ।


