Breaking News.... EverestOnlineKhabar
May 1, 2026

पत्रकार मारिएको घटनामा साउदी राजालाई भेटन अमेरिकी बिदेश मन्त्री पोम्पियो साउदी अरबमा

Loading

बीबीसी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले साउदी अरबका राजा सलामानलाई भेट्दैछन् । दुई हप्तादेखि बेपत्ता साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीका बारेमा पोम्पेओले साउदी अरेबियाका राजा सलमानसँग कुराकानी गर्न लागेका हुन् ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्ने पत्रकार खाशोग्गी यहि अक्टोबर २ देखि टर्कीबाट बेपत्ता छन् । उनको हत्या भएको आशंका गरिएको छ । खाशोग्गी बेपत्ता भएसँगै अमेरिका र साउदी अरेबिया बिचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका राजा सलमानसँग सोमबार टेलिफोन वार्ता भयो र राजा सलमानले पत्रकार खाशोग्गीका बारेमा आफूहलाई कुनै पनि प्रकारको जानकारी नरहेको स्पष्ट पारे । यसपछि ट्रम्पको बोली फेरिएको छ ।

ट्रम्पका प्रतिनिधि बनेर पत्रकार खाशोग्गीका बारेमा कुरा गर्न अमेरिकी विशेद मन्त्री पोम्पेओ रियाद पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed