Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

धादिङ । पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेको टिपर सडकबाट ६०० मिटर तल पुगेको थियो । टिपरमा रहेका अन्य तीनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed