Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नेकपाका वरिष्ठ नेता खनाल ‘जुत्ताचप्पल महाकुम्भ मेलामा’, सर्वसाधारणको पनि घुँइचो

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता झलनाथ खनालले काठमाडौं भृकुटिमण्डपमा संचालित दशैं जुत्ता चप्पल महाकुम्भ मेलाको अवलोकन गरेका छन । दशैं, तिहार एवम छठ पर्वको अवसरमा नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघद्वारा संचालित महाकुम्भको पूर्व प्रधानमन्त्री खनालले निरीक्षण एवम अवलोकन गरेका हुन ।

अशोज २ गतेदेखि संचालित सो मेला ३१ गतेसम्म लाग्ने आयोजकले जनाएको छ । मेलामा दशैंलाई लक्षित गरी उच्च ब्राण्ड र गुणस्तरका जुत्ता चप्पल सर्वसलम मूल्यमा बिक्री गर्न थालिएको छ । खासगरी स्वदेशमै उत्पादित जुत्ता चप्पलमा ग्राहकहरुको आकर्षण बढेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार दैनिक तीन हजार जोर जुत्ता चप्पल बिक्री हुने गरेको छ । धेरैजसो पार्टी सुज, अफिसिल सुज, स्पोर्टस सुज, अफिसियल बुट, हाफ बुट, महिला र पुरुष दुवैका लागि बनाइएका डिङ्गोको बिक्री बितरण राम्रो रहेको छ संघले जनाएको छ । मेलामा नेपालमा उत्पादन भएका सबै खालका जुत्ता चप्पल रहेको र तीनको बिक्री पनि सन्तोषजनक रहेको पाइएको छ ।

मेला अवलोकन गर्दै पूर्व प्रधानमन्त्री खनालले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न मेला लाभदायक भएको बताए । उनले दशैंको बेला उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय जुत्ता चप्पल उपलब्ध गराउनु ब्यापारिक मात्र नभई सेवामुलक काम समेत भएको बताए । उनले आफना लागि केही जोर जुत्ता र चप्पल पनि खरिद गरेका थिए ।

मेला व्यवस्थापनका लागि समाज कल्याण परिषदले सहयोग गरेको छ । हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मेला खुल्ला रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed