Breaking News.... EverestOnlineKhabar
May 3, 2026

पत्रकार हत्याको छानबिन गर्न साउदीको टोली इस्तानबुलमा

Loading

बीबीसी । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या भएको प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी गरेका छन् ।साउदी वाणिज्य दूतावासमा मारिएका पुष्टि गर्ने दृश्य प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी टर्कीका अधिकारीहरुले गरेका हुन् ।

पत्रकार खसोगी बेपत्ता भएका घटनाका बारेमा छानबिन गर्न एउटा साउदी टोली इस्तानबुल पुगेको छ । अंकाराले उक्त घटनाका सम्बन्धमा एउटा संयुक्त छानविन टोली गठन गर्ने बारेको साउदी प्रस्ताव आफूले स्वीकार गरेको जनाएको छ ।

टर्कीका अधिकारीहरू आफूसँग रहेको अडिओ र भिडिओ रेकर्डिङले खसोगीलाई एउटा साउदी सुरक्षा टोलीले वाणिज्यदूतावास भित्र मारिदिएको भन्ने प्रमाणित गर्नेमा विश्वस्त देखिएका छन् ।

पत्रकार जमाल खसोगीलाई इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा यातना दिइएको र पछि मारिएको भन्ने प्रमाणित गर्ने अडिओ र भिडिओ प्रमाण टर्कीका अधिकारीहरुसँग रहेको बीबीसीले जनाएको छ । टर्कीको गुप्चतर निकायसँग ती पत्रकारको हत्याको घटनाको अभिलेखिकृत प्रमाण नै भएको स्रोतहरुले दाबी गरेको बीबीसीले जनाएको छ ।

साउदी सरकारका कडा आलोचक जमाल खसोगी, गत अक्टोबर २ तारिखमा साउदी वाणिज्यदूतावासमा प्रवेश गरेयता बेपत्ता छन् । यस्तो परिस्थितिका माझ पनि टर्कीले यो घटनाका सम्बन्धमा संयुक्त छानविन गर्ने साउदी प्रस्ताव स्वीकार गरेको हो ।

यसलाई अंकाराले रियादसँगको आफ्नो सम्बन्धलाई सावधानीपूर्वक व्यवस्थापन गर्ने प्रयासका गरेको संकेतका रुपमा लिइएको छ । साउदी अरेबियाले अझै पनि औपचारिक रुपमा आफू विरुद्धका सबै आरोपको खण्डन गरेको छ । उसले खशोगी दूतावासको भवनबाट बाहिरिएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed