Breaking News.... EverestOnlineKhabar
April 30, 2026

भुटानलाई हराएसंगै नेपालको टि-२० बिश्व कप एसिया छनौट खेल्ने पक्का

Loading

एजेन्सी । मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले लगातार चौथो जित दर्ता गरेको छ। आफ्नो चौथो खेलमा नेपालले भुटानलाई ११७ रनको बिशाल अन्तरले पराजित गर्यो।

४ जितसंगै नेपाल आईसीसी टि-२० बिश्व कप एसिया छनौट खेल्ने पक्का भएको छ। जारि प्रतियोगिताबाट ३ वटा टिम एसिया कप छनौट खेल्ने छन्। यस अघि नै पश्चिम क्षेत्रबाट एसियाली छनौटको लागि युएई, कुवेत र कतार छनौट भैसकेका छन्। एसियाली छनौट खेल्ने ६ टिमबाट ग्लोबल छनौट खेल्न २ वटा टिम छनौट हुनेछ।

प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेल  बुधबार चिनसंग खेल्ने तलिका रहेको छ। खेल नेपाली समय बिहान ७:४५ बजे बायुमास ओभल मैदानमा खेलिनेछ।

पहिले ब्याटिंग गर्दै नेपाल दिएको १५१ रनको लक्ष्य भुटानलाई ठूलो सावित भयो। सन्दिप लामिछाने, ललित राजबंशी र बसन्त रेग्मीको स्पिनलाई सुरुवातबाटनै बुझ्न नसक्दा भुटानको ब्याटिंग ध्वस्त हुनपुग्यो। नेपाली बलिंगको अगाडी भुटानले १६.४ ओभर ब्याटिंग गर्दै सबै १० विकेट गुमाउँदा मात्र ३३ रन जोड्न सक्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed