![]()
एजेन्सी । आइसीसी ट्वान्टी—२० विश्वकप एसिया छनोट समूह ‘बि’को आफ्नो चौथो खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुुमाउँदै १५० रन बनाएको हो ।
नेपालले १५० रन बनाउने क्रममा नेपाल ओपनिङ ब्याट्सम्यान प्रदिप ऐरीले नटआउट ६ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाए । त्यस्तै नेपालका लागि अर्का ब्याट्सम्यान अनिलकुमार शाहले २७ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १५, आरिफ शेखले १३ र करन केसीले नटआउट ११ रन बनाएका थिए ।
त्यस्तै बलिङतर्फ भुटानका थिन्ले जम्त्सो, सञ्जेभन गुरुङ, जिग्मी सिन्ग्या र रमेश लिम्बुले समान एक—एक विकेट लिए


