![]()
काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधनका लागि सरकारलाई छठसम्मको अल्टिमेटम दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निर्माणका बेला आफूसँग गरेको तीन बुँदे सहमति स्मरण गराउँदै राजपाले छठसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढे समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै राजपा अध्यक्ष मण्डलका नेताहरुले आफूसँग गरेको सहमतिप्रति गम्भीर बन्न आग्रह गरेका हुन् । २०७४ फागुन ३ गते प्रधानमन्त्री पदको शपथ लिनुअघि प्रधानमन्त्री ओलीले राजपासँग संविधान संशोधन गर्नेसहितका तीन बुँदे सहमित गरेको गरेका थिए ।
राजपाले यसअघि पटक पटक सहमति अुनसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन आग्रह गर्दैै आए पनि छठसम्मको अल्टिमेटम दिएको हो । यसअघि साउन ३ गते पनि राजपा नेताहरुले प्रधानमन्त्रीलाई संविधान संशोधनप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएका थिए ।


