![]()
एजेन्सी । बलिउड अभिनेत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरविरुद्ध १० बर्ष अघि यौनहिंसा गरेको उजुरी प्रहरीमा दर्ता गराएकी छन् । केही दिनअघि देखि मिडियामा उक्त विषयमा अन्तरवर्ता दिएर सनसनी मच्चाइरहेकी तनुश्री अन्ततः प्रहरी थानामा पुगेकी हुन् ।
महाराष्ट्रका गृहमन्त्रीले मिडियामा आउनुभन्दा पनि प्रहरीकहाँ उजुरी दिएर जाँच गराउँदा हुने बताएका थिए । उनले ओशिवारा प्रहरी चौकीमा उजुरी दर्ता गराएको जनाइएको छ ।
तनुश्री र नानाले ‘हर्न ओके प्लिज’ भन्ने फिल्ममा सँगै अभिनय गरेका थिए । सन् २००८ मा छायांकन भएको फिल्मको आइटम गीतमा तनुश्री र नानापाटेकरको अभिनय रहेको थियो ।
बलिउड छाडेर अमेरिका बसेको १० बर्षपछि फर्किएकी तनुश्रीले उक्त फिल्मको गीतको छायांकनका क्रममा गलत तरिकाले नाना पाटेकरले छोएको अभियोग लगाएकी थिइन् ।


