![]()
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले बुढीगण्डकी आफै बनाउन र वाइडबडी खरिदको भ्रष्टाचार छानबिन गर्न सरकारलाई दबाब दिएको छ ।
बैठकले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानविनलाई शीघ्र टुङ्गोमा पुर्याइ दोषीलाई कानूनी कारबाही गर्न माग गरेको हो।
साथै बूढीगण्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पूँजीमै बनाउनुपर्ने, बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ।
पछिल्लो समय मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ।


