Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बंगबन्धुमा हारेको नेपाली फुटबल टोली स्वदेश फिर्ता

Loading

काठमाडौं । बंगबन्धु गोल्डकप खेल्न बंगलादेश गएको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । असोज १४ गते बंगलादेश गएको राष्ट्रिय फुुटबल टोली बंगबन्धुमा समूूह चरणबाटै बाहिरिएपछि आइतबार  स्वदेश फर्किएको हो ।

बंगबन्धुमा समूह ए नेपालसँगै ताजकिस्तान र प्यालेस्टाइन रहेका थिए । साविक विजेता नेपाल समूह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २—० गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै, समूह चरणमा नेपाल प्यालेस्टायनसँगको दोस्रो खेलमा १—० गोल अन्तरले पराजित भएको थियो । बंगलादेशमा नेपालले आफूभन्दा बलियो मानिएका टोलीसँग रक्षात्मक खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed