Breaking News.... EverestOnlineKhabar
May 1, 2026

दशैंका लागि नयाँ नोट साटन बैंकमा घुँइचो, एकजनाले २७ हजारसम्म साटन सक्ने

Loading

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्षको दसैंलाई लक्षित गरेर आइतबारदेखि नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंकले नयाँ नोट साट्न काठमाडौं उपत्यकाका २२ ठाउँ तोकेको छ। सरकारी स्वामित्व रहेका तीन बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट साट्न पाइन्छ ।

आइतबार बिहानैदेखि नयाँ नोट साट्न उपभोक्ताको लाइन लागेको छ । एक व्यक्तिले ५, १०, २० र ५० का दुई बण्डल तथा १ सयको १ बण्डल गरी २७ हजार रुपैयाँसम्म सटही गर्न पाउनेछन्। अशोज २९ गतेसम्म बैंकिङ समयमा नोट वितरण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed