![]()
एजेन्सी । केही समय अगाडि मात्र लन्च भएका नयाँ आइफोनले सामसुङको यसअघिका सबै नाफाको रेकर्ड तोडेको छ । यी दुवै स्मार्टफोन निर्माणकर्ता कम्पनीहरुबीच लामो समयदेखि बलियो प्रतिस्पर्धा रहँदै आएको छ । तर यसका बावजुद दक्षिण कोरियाली विद्यूतीय कम्पनी, सामसुङले एप्पललाई महत्वपूर्ण पूर्जाहरु बेच्ने गरेको सीएनएनले जनाएको छ ।
सामसुङले यसबारे खबर गर्दै तीन महिनामा १५.६ अर्बको नाफा भएको जानकारी दिएको हो । यसलाई सामसुङको अहिलेसम्मकै बढी आम्दानी बताइएको छ जुन पछिल्लो समय २० प्रतिशतले वृद्धि भएको हो ।
सामसुङको मेमोरी चिप र डिस्प्लेको बलियो व्यापारकै कारण यत्तिको नाफा भएको बताइएको छ । यसमा सामसुङले नयाँ रेन्जका आइफोनका लागि प्रदान गरेको फ्लेक्जिबल स्क्रिनले सबैभन्दा बढी फाइदा पुर्याएको हो ।


