![]()
एजेन्सी । टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ । नेपालले मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।
यसअघि नेपालका लागि शरद भेषवाकरले ३४ रन बनाए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३० रन बनाएर आउट भए । अनिलकुमार शाहले २५ रन बनाए भने विनोद भण्डारी १५ र आरिफ शेखले ८ रन बनाए । यता, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट हुदा कप्तान पारस खड्का ५ रनमै आउट हुन पुगे ।
थाइल्यान्डका लागि पायुपुथ सुङनार्डले ४ विकेट लिए ।


