Breaking News.... EverestOnlineKhabar
May 1, 2026

टी २० बिश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित, पारश र सन्दिप चम्किएपछि मलेशिया ८ विकेटले पराजित

Loading

एजेन्सी । सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

क्वालालम्पुरमा घरेलु टोलीले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । कप्तान पारस खड्का ५२ रनमा अविजित रहे भने उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन बनाए ।

पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाएको थियो । उसका सफिक शरिफले ४९ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा सन्दीपले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिएका थिए । सोमपाल कामीले तीन र पारस खड्काले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed