![]()
काठमाडौं । नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजुले १२ औं काठमाडौं म्याराथन जितेका छन् । हेमलालले ४२.१९ कि. मि.को दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे ।
दोश्रो स्थानमा सेनाका राजन खत्री र तेश्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले २ घन्टा २३ मिनट ३३ सेकेन्डमा र राईले २ घन्टा २४ मिनट ३१ सेकेन्डमा पुरा गरे ।
रोड रेशमा एपिएफका गोपी चन्द्र पार्कीले पहिलो स्थान प्राप्त गरे । उनले १ घन्टा ७ सेकेन्डमा दूरी पुरा गरे । दोश्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले १ घन्टा २१ सेकेन्डमा दूरी पुरा गरे । एपिएफकै सन्तोष बिक्रम बिष्टले १ घन्टा २२ सेकेन्डका साथ कास्य पाए । महिला तर्फ सेनाकी बिश्वरुपा बुढाले १ घन्टा १० मिनट ५७ सेकेन्डका साथ स्वर्ण पाइन् । एपिएफकी बिन्द्रा धनकेश्वरी श्रेष्ठले १ घन्टा ११ मिनट ३७ सेकेन्डका साथ रजत र एपिएफकै पुष्पा भण्डारीले १ घन्टा १२ मिनट ३५ सेकेन्डका साथ कास्य पाईन् ।
स्वर्ण, रजत र कास्य पदकधारीले नगद २० हजार, १३ हजार र ७ हजार नगद पाए । यसका साथै उनीहरुले मेडल र प्रमाण पत्र प्राप्त गरे ।


