![]()
काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ।
हत्या भएको महिनौं बितिसक्दा पनि दोषी पत्ता लगाएर कार्बाही गर्न उदासिन भएको भन्दै सरकारबिरुद्ध नागरिकहरुले प्रर्दशन गरेका हुन्। प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न पनि माग गरेका छन्।
माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुुगेर कोणसभामा परिणम भएको थियो। प्रदर्शनमा विभिन्न दल, पेशासंग आवद्ध तथा स्वतन्त्र नागरिकहरुको सहभागिता रहेको छ।
प्रदर्शनका सहभागीहरुले किन यति लाचार दुुईतिहाइको सरकार, बढ्दै गयो बलात्कार कुरीकुरी ए सरकार, सरकार कहाँ चुक्दैछ बलात्कारीसंग झुक्दैछ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।


