![]()
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा जोड दिएका छन्।
मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला वरिष्ठ नेता नेपालले त्यस्ता घटना हुन नदिन सामाजिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
शनिबार दसैँ, तिहार, नेपाल संवत् र छठको अवसर पारेर काठमाडौँमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराएका छन्।


