Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कुकर्म गर्नेहरुमाथि कडा निगरानी राख्न सामाजिक अभियान थाल्नुपर्नेमा जोड दिएका छन्।

मुलुकमा महिला र बालबालिकामाथि हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला वरिष्ठ नेता नेपालले त्यस्ता घटना हुन नदिन सामाजिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

शनिबार दसैँ, तिहार, नेपाल संवत् र छठको अवसर पारेर काठमाडौँमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed