![]()
बीबीसी । प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिलाउपर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीलाई लिएर उनकै पार्टीका नेताहरुले कडा आलोचना गरेका छन्। रिपब्लिकन सिनेटरहरुले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिलाको मजाक उडाएको भन्दै राष्ट्रपति ट्रम्पको निन्दा गरेका हुन्।
सिनेटर जेफ फ्लेक र सुजन कालिन्सले राष्ट्रपति ट्रम्पको टिप्पणीलाई घटिया स्तरको संज्ञा दिएका छन्। एक र्यालीलाई संबोधन गर्दै राष्ट्रपति ट्रम्पले प्रस्तावित न्यायाधीश कैवेनामाथि आरोप लगाउने प्रोफेसर क्रिस्टीन ब्लेसी फोर्डलाई कथित यौन हमलाको घटनाक्रमका महत्वपूर्ण कुराहरु स्मरण नभएको व्यङ्ग्य गरेका थिए।
प्रस्तावित न्यायाधीश कैवेनामाथि लागेको आरोपको एफबीआईमार्फत जाँच गराउन माग गर्ने मध्येका एक रिपब्लिकन सिनेटर जेफ फ्लेकले कुनै पनि स्थान र समयमा यसप्रकारको टिप्पणी गर्नु शोभनीय नभएको बताए। अर्की सिनेटर लीसा मर्कोब्लेस्कीले पनि राष्ट्रपति ट्रम्पको आलोचना गर्दै उनको भनाइ पूर्णरुपले अनुचित र अस्विकार्य रहेको जिकीर गरिन्। प्रस्तावित न्यायाधीश कैवेना यौन हमलाको आरोपबाट बचे सर्वोच्च अदालको झुकाव रुढिवादी हुने विश्लेषण गर्न थालिएको छ।


