Breaking News.... EverestOnlineKhabar
April 30, 2026

चितवनमा मोटरसाइकललाई ट्रकको ठक्कर, एक जनाको मृत्यु, ट्रकमा आगजनी

Loading

चितवन । पूर्वी चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ९८६१ नम्बरको ट्रकले विपरीत दिशाबाट सोही दिशातर्फ जाँदै गरेको ना२८प ७७३४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–१, बहेरीचोक बस्ने सउना चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलपछाडि सवार उनकी श्रीमती जेनी चौधरी गम्भीर घाइते भएकी छन् । घाइते चौधरीको भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले मोटरसाइकललाई ठक्कर दिने ट्रकमा आगजनी गरेका थिए ।

ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed