![]()
बीबीसी । न्यायाधीश रञ्जन गोगोई भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश बनेका छन् । सर्वोच्च अदालतको मुख्य न्यायाधीशको रुपमा दीपक मिश्राको कार्यकाल समाप्त भएपछि गोगाई मुख्य न्यायाधीश बनेका हुन् ।
कार्यकाल समाप्त भएका न्यायाधीश मिश्राको मुख्य न्यायाधीश अवधि निकै उतार चढाव पूर्ण रह्यो । उनी विरुद्ध महाअभियोग लगाउने प्रयास पनि भएको थियो । केही न्यायाधीशले उनको विरोध पनि गरेका थिए । तर मिश्राको अध्यक्षतामा रहेका पाँच न्यायाधीशसहितको संवैधानिक इजलासले केही ऐतिहासिक फैसला गरेको छ । यसमा सबैभन्दा अघि आउँछ, केही समय अघि संमलैंगिकतालाई अपराधको सूचिबाट हटाउने फैसला ।
समलैंगिकतालाई अपराधको सूचिमा राखेको धारा ३७७ को व्यवस्थालाई खारेज गर्दै मिश्राको बेन्चले ऐतिहासिक फैसला गरेको हो । यस्तै उनीसहितको बेन्चले धारा ४९७ लाई पनि संविधान विरुद्ध रहेको फैसला गरेको थियो ।


