Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । युरोपियन च्याम्पियन रियल मड्रिडले च्याम्पियन लिगको दोस्रो खेलमा सिएसकेए मस्कोसँग आश्चर्यजनक पराजय बेहोरेको छ ।  टोनी क्रुसले दिएको ब्याकपासलाई नियन्त्रणमा लिँदै एभर्टनबाट लोनमा गएका निकोला भिलासिकले गरेको गोल घरेलु टोलीको जितका लागि पर्याप्त बन्यो । करिम बेन्जेमा, कासेमिरो र मारियानोले गोलका लागि गरेका प्रयास असफल हुँदा स्पेनिस महारथि रियलले पुनरागमन गर्न सकेन । रियलले चोटका मुख्य खेलाडी गारेथ बेल, मार्सेलो, इस्को जस्ता खेलाडीलाई गुमाएको थियो भने कप्तान सर्जियो रामोसलाई आराम दिइएको थियो ।

२०१८ को उत्कृष्ट खेलाडी घोषित लुका मोड्रिचलाई पनि बेन्चमा राख्ने प्रशिक्षक युलेन लोप्तेगुइका निर्णय घातक सावित भयो । इन्जुरी सयमा गोलकिपर इगोर अकिनफिभले दोस्रो पहँेलो कार्डको सामना गरेपछि रसियन टोली सिएसकेए मस्कोले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

समूह चरणको पहिलो खेलमा रियालले इटालियन क्लब एएस रोमालाई ३–० ले हराएको थियो । इडेन जेकोले ह्याट्रिक गरेपछि समूह ‘जी’ कै अर्को खेलमा रोमाले भिक्टोरिया प्लाजेनमाथि ५–० को विजय हासिल गर्यो । रोमाको जितमा जेकोबाहेक सेनगिज अन्डर र जस्टिन क्लुभर्टले १–१ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed