Breaking News.... EverestOnlineKhabar
May 3, 2026

Loading

जुम्ला ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एअरको हेलिकोप्टर सिमकोट ल्याइ पुर्‍याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बीथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई  श्री एअरको ठूलो हेलिकोप्टरले हिल्साबाट झुन्ड्याएर ल्याएको हो ।

गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पंखाले लागेर एक भारतीयको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्राधिकरणले उडान प्रतिबन्ध लगाएपछि हिल्साको हेलिप्याडमै राखिएको हेलिकोप्टर डेढ महिनापछि जिल्ला सदरमुकााम सिमकोट ल्याइएको हो । पछाडिको पंखा लागेर भारत, मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed