Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी ।जापानमा २५ वर्षयताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा नौ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। पश्चिमी क्षेत्रमा पुगेको जेबी नामक समुद्री आँधीले भारी वर्षा र प्रतिघण्टा १७२ किलोमिटर वेगको हावाहुरी निम्त्याएको छ।

ओसाका बेस्थित एउटा पुलमा आँधीले एउटा ट्याङ्कर उडाइदिएको छ भने क्योटोका केही क्षेत्रमा रेल्वे स्टेशनका छानाहरू खसेका छन्। समुद्रमा ठूला छाल तथा बाढी र पहिरोको चेतावनी जारी गर्दै अधिकारीहरूले प्रभावित क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान भनेका छन्।

आँधीका कारण दशौँ हजार मानिस बिजुलीविना बस्न बाध्य भएका छन्। स्थानीय समय अनुसार मङ्गलवार मध्याह्नतिर उक्त आँधी शिकोकु टापु पुगेको थियो।

त्यसपछि त्यो जापानको ठूलोमध्येको होन्शु टापुमा फैलिएको अधिकारीहरूले बताएका छन्। उत्तरतर्फ बढ्दै जाँदा जेबी आँधीको शक्ति कम हुँदै जाने अनुमान गरिएको छ। सयौँ सङ्ख्यामा हवाई उडानहरूका साथै रेल्वे तथा पानीजहाज सेवा स्थगित गरिएको छ।

ओसाकास्थित समुद्री खाडी क्षेत्रमा बनाइएको मानव निर्मित टापुमा अवस्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बाढी पसेको छ। ओसाकानजिकै रहेको लोकप्रिय मनोरञ्जन पार्क ‘युनिभर्सल स्टुडियोज जापान’ बन्द गरिएको छ।

एउटा आपत्कालीन बैठक डाक्दै प्रधानमन्त्री शिन्जो आबेले मानिसहरूलाई ‘आवश्यक तयारी गर्न र चाँडै सुरक्षित स्थानमा जानेसहितका जीवन जोगाउने कदम चाल्न’ आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed