Breaking News.... EverestOnlineKhabar
May 2, 2026

अमेरिकी बिदेशमन्त्री पोम्पेओ पाकिस्तानमा, लगत्तै भारत जाने

Loading

बीबीसी ।पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इस्लामाबाद आएका छन । हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको छ।

वासिङटनले ३० करोड अमेरिकी डलरको अमेरिकी सैन्य सहायता रोक्ने निर्णयको पुष्टी गरेको भोलिपल्टै विदेशमन्त्री पोम्पेओ पाकिस्तान आएका हुन।

अमेरिकी उच्च कूटनीतिज्ञ पोम्पेओले इस्लामाबाद आएलगत्तै सङ्क्षिप्त प्रतिक्रिया दिँदै भने, ‘दुई देशबीचको सम्बन्धलाई नयाँ ढङ्गबाट अगाडि बढाउने भ्रमणको मूल उद्देश्य हो ।” अफगानिस्तानमा जारी द्वन्द्वमा पाकिस्तानले पर्याप्त सहयोग नगरेको बरु उल्टै अफगान लडाकूलाई हतियार र आश्रय दिएको अमेरिकी आरोप छ।

“हो, हामीबीच धेरै किसिमका चुनौती छन्, तर पाकिस्तानको नयाँ नेतृत्वसँग नयाँ समझदारी बन्ने र हाम्रा साझा मुद्दामा मिलेर काम गर्न सकिने हाम्रो विश्वास छ,” उनले भने।

विदेशमन्त्री पोम्पेओले पाकिस्तानको भ्रमणपछि भारतको भ्रमण गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed