Breaking News.... EverestOnlineKhabar
May 1, 2026

विल क्लिन्टनसंगको सम्बन्धबारे प्रश्न सोधिएपछि मोनिकाले मञ्च नै छोडिन

Loading

बीबीसी । मोनिका लेविन्स्कीलाई दुई दशक बित्दा पनि अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनसँगको सम्बन्धका बारेमा सोध्न छोडिएको छैन । र यस्ता प्रश्नले मोनिकालाई असजिलो पर्ने गरेको छ । उनलाई यी प्रश्नहरु खाटो बसेको घाउ फेरि कोट्याउन आए जस्तो लाग्छ । उनी सकेसम्म यी प्रश्नहरु नआउन भन्ने चाहन्छिन् र त्यसका लागि प्रयास पनि गर्छिन् । तर सक्दै नसके मञ्च छोडेर हिँड्नु पर्ने अवस्था पनि आउँछ ।

जेरुसेलममा सोमबार इजारायली टेलिभिजनकी समाचार वाचिका योनित लेवीले अन्तर्वार्ता लिँदै गर्दा लेविन्स्की मञ्च छोडेर हिँडिन् । अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टनसँगको सम्बन्धबारे सीमा भन्दा बाहिरको प्रश्न गरिएको भन्दै लेविन्स्की अन्तर्वार्ताको बिचमै उठेकी हुन् । अन्तर्वार्ता लिनेले छलफलको सीमा स्पष्ट रुपमा नाघेको लेविन्स्कीले बताएकी छन् ।

लेविन्स्कीलाई अन्तर्वार्ता लिँदै गरेकी लेवीले उनी अझै पनि क्लिन्टनबाट व्यक्तिगत रुपमा उनीहरुबिच सन् १९९० को दशकमा रहेको सम्बन्धबारे माफीको अपेक्षा राख्छिन् कि राख्दिनन् भन्नेबारे सोधेकी थिइन् । लेविन्स्की अमेरिकी राष्ट्रपति कार्यालयमा इनटर्न रहेका बेला क्लिन्टन र उनीबिच नजिकको सम्बन्ध कायम भएको बताउने गरिएको छ ।

लेवीले यसबारे प्रश्न गरेपछि लेविन्स्की, ‘मलाई माफ गरिदिनुस्, म यो अन्तर्वार्ता अघि बढाउन सक्दिन’ भन्दै माइक निकालेर मञ्चबाट बाहिरिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed