Breaking News.... EverestOnlineKhabar
April 30, 2026

९० तहको मतपरिणाममा एमाले ३७, कांग्रेस ३४ र माओवादी केन्द्र १७ स्थानमा विजयी

Loading

काठमाडौं, जेठ ३ । पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाममा नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म घोषित ९० तहको मतपरिणाममा नेकपा एमालेका उम्मेदवारहरु ३७ स्थानीय तहको प्रमुखमा विजयी भएका छन् भने नेपाली कांग्रेसका ३४ जना उम्मेदवार विजयी भएका छन् ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रले १७ स्थानको प्रमुखमा जित हासिल गरेको छ ।

दुईजना भने स्वतन्त्र उम्मेदवार स्थानीय तहको प्रमुखमा विजयी भएका छन् ।

गत आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed