Breaking News.... EverestOnlineKhabar
April 30, 2026

इंग्लिस प्रिमियर लिगःआर्सनल र म्यानचेस्टर सिटी विजयी

Loading

एजेन्सी,३ जेठ ।
इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । लिगमा शीर्ष चारभित्र पर्न संघर्षरत आर्सनलले सण्डरल्याण्डलाई २–० ले हरायो । आर्सनलका लागि दुबै गोल अलेक्सीस सान्चेजले गरे ।
राति भएको दोस्रो खेलमा म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई ३–१ ले पराजित गर्‍यो । म्यान सिटीलाई विजयी गराउन ग्याब्रिएल जिसस, केभिन डे ब्रायन र याया टुरेले एक एक गोल गरे । पराजित टोली वेष्ट ब्रोमका हल रोब्सन कानुले एक गोल फर्काए । रातिका खेलहरुपछि प्रिमियर लिगमा शीर्ष चारको भिडन्त रोचक बनेको छ ।
च्याम्पियन चेल्सी र दोस्रो स्थानको टोटनह्याम हट्सपर शीर्ष दुईमा सुरक्षित रहँदा तेस्रो र चौथो स्थानको लागि लिभरपुल, म्यानचेस्टर सिटी र आर्सनलबीच कडा प्रतिस्पर्धा छ ।
लिगमा एक खेल मात्रै बाँकी छँदा म्यान सिटीको ७५ अंक छ भने लिभरपुलको ७३ तथा आर्सनलको ७२ अंक छ ।
जारी सिजनको अन्तिम खेलहमा म्यान सिटीले वाट्फोर्डसँग, लिभरपुलले मिडिल्सब्रोसँग तथा आर्सनलले एभर्टनसँग खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed