Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल अब बिहान ५ बजेदेखि खुल्ला

Loading

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अब बिहान ५ बजेदेखि नै खुल्ने भएको छ। विमानस्थलमा बढ्दो हवाई चाप न्यूनीकरण गर्न विमानस्थल कार्यालयले बिहान ५ बजेदेखि नै टर्मिनल भवन खुल्ला गरेको हो। आन्तरिक उडानका लागि टर्मिनल भवन ६ बजे खुल्दा यात्रुको सुरक्षा चेकजाँच गर्दा नै आधा घन्टा उडान ढिला हुने गरेको थियो ।

तर, अब बिहान ६ बजे नै आन्तरिक उडानतर्फको पहिलो फ्लाइट गर्ने गरी ५ बजेबाट टर्मिनल भवन खुल्ला गरिएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।  विमानस्थलबाट अहिले दैनिक आन्तरिकतर्फ ३ सयभन्दा बढी उडान तथा अवतरण भइरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed