![]()
काठमाडौं । फागुन ३० गते गौशालाको पशुपति भिजन होटलबाट हतियारसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ।
उनलाई डिल्लीबजार कारागारमा लगिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको इजलासले लामालाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो।
सरकारी वकिलको कार्यालयले लामाविरुद्ध हातहतियार तथा खरखजाना ऐन अन्तर्गतको मुद्दामा एक वर्ष जेल सजायँ र पाँच लाख रुपैयाँ जरिवानासहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मुद्दा बुझाएको थियो।
लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको थियो।


