Breaking News.... EverestOnlineKhabar
April 30, 2026

नयाँ आइजीपी छान्न दौडधूप सुरु, खनाल, खरेल र कार्कीको भाग्य परीक्षा

Loading

काठमाडौं । नेपाल प्रहरीमा नयाँ आईजीपी बन्न दौडधुप सुरु भएको छ । वर्तमान आईजीपी प्रकाश अर्यालले यही २९ चैतबाट अवकाश पाउने भएपछि नयाँ महानिरीक्षकको खोजि पनि तिव्र पारिएको छ ।

प्रहरीमा नेतृत्व फेरिन अब तीन दिन मात्रै बाँकी हुँदा नयाँ आईजीपी बन्ने दौडमा रहेका डिआईजीहरुको सक्रियता ह्वात्तै बढेको छ।
आइजिपीका सम्भावित उम्मेदवारमा यतिवेला डिआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्पकर कार्कीको नाम अगाडि छ । तीनै जना डिआईजीहरु नेतृत्व आफूले सम्हाल्न आतुर छन् । तर बाजी कसले मार्ने हो, त्यो भने हेर्न बाँकी छ ।

३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी अर्यालसँगै हालका १५ जना एआइजीले विदा हुँदैछन् । आइजीपी बनाउने अधिकार भने सरकारसँग छ। नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सत्तारुढ दल एमाले र माओवादी केन्द्रबीच थुप्रै पटक छलफल भैसकेका छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले स्वविवेक प्रयोग गर्ने र योग्य र सक्षम व्यक्तिलाई आईजीपी बनाउने कुरा आफू निकटका नेताहरुसँग गरेका छन । चर्चामा रहेका तीन जना बाहेकका अधिकारीलाई पनि आइजीपी बनाउन सकिने सुझाव प्रधानमन्त्रीकहाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed