Breaking News.... EverestOnlineKhabar
April 30, 2026

आइजिपी बढुवा सिफारीस समितिको बैठक बस्दै,खनाल, खरेल र कार्की मध्ये कस्को होला सिफारिस….?

Loading

काठमाडौ,चैत ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्तिका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। आज बिहान आइजिपी बढुवाका लागि बढुवा सिफारीस समितिको बैठक बस्दै छ। आजै बिहान साढे नौ बजे मन्त्रीपरिषद्को बैठक बोलाइएको छ। त्यसअघि बढुवा सिफारीस समितिको बैठक बस्न लागेको हो। स्रोतका अनुसार बढुवाका आकांक्षीहरुको कार्यसम्पादन मूल्याङ्कन लगायतका व्यक्तिगत विवरण सोमबार नै मन्त्रालयले झिकाइसकेको छ।
आज बिहान आइजिपी बढुवाका लागि गृहमा बैठक बस्न लागेको गृहसचिव प्रेम कुमार राईले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन तथा नियमावलीमा आईजिपी बढुवाका लागि कुनै पनि प्रकारको समिति रहने प्रावधान छैन। सरकारले सक्षम देखेको व्यक्तिलाई बढुवा गर्न सक्ने प्रावधान छ। तर, पनि गत वर्ष जस्तो आइजिपी बढुवामा विवाद नहोस् भनेर सरकारले सिफारीस समितिका आधारमा आइजिपी बढुवा गर्न लागेको हो।
नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठले भोलीदेखि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँदैछन्। नेपाल प्रहरीमा आइजिपीसँगै प्रशासनतर्फका सबै एआइजीले पनि अवकाश पाउँदैछन्। त्यसकारण डिआइजीबाट सिधैं आइजिपीमा बढुवा गर्नुपर्ने प्रावधान छ। जसमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की पहिलो लाइनमा छन् ।
सशस्त्र प्रहरीमा एआईजी शैलेन्द्र खनाल अरुभन्दा ९ महिना सिनियर छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed