Breaking News.... EverestOnlineKhabar
April 30, 2026

विराट गोल्डकप फुटबलः उपाधिका लागि थ्रीस्टार र त्रिभुवन आर्मी भिड्दै

Loading

मोरङ,चैत ।
विराट गोल्डकप फुटबलको उपाधिका लागि थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल बेलुका साढे ६ बजेपछि विराटनगरको शहीद रंगशालामा सुरु हुनेछ । सेमिफाइनलमा आर्मीले झापा ११ र थ्रीस्टारले संकटा क्लबलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।
दुवै टोली काठमाडौं बाहिरकै सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता जित्दै २०७४ सालको सुखद विदाई गर्ने धुनमा छन् । उपाधि विजेताले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने दोश्रो हुनेले ५ लाख ५१ हजारमा चित्त बुझाउनुपर्नेछ ।
यो उपाधि जिते आर्मीले यो वर्ष जितेका उपाधिको संख्या ८ पुग्ने छ । प्रशिक्षक नविन न्यौपाने उपाधि जित्ने तयारीका साथ फाइनलमा मैदान उत्रने बताउछन् । यस्तै ललितपुरको क्लब थ्रीस्टार पनि विराट गोल्डकपको उपाधि जित्दै उपाधिको संख्या पाँच पुर्याउन चाहन्छ ।
यसै सिजनको खप्तड गोल्डकपको क्वाटरफाइनल र सिमरा गोल्डकपमा आर्मीले थ्रीस्टारलाई हराएको थियो । त्यसैले थ्रीस्टारका लागि यो खेल त्यसको बदला लिने मौका पनि हुनेछ । त्यसो त थ्रीस्टारले आर्मीलाई मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा हारको स्वाद चखाइसकेको छ । थ्रीस्टारका प्रशिक्षक मेघराज केशीले टिम वर्षको अन्तिम उपाधि जितेर घर फर्किन चाहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed