Breaking News.... EverestOnlineKhabar
April 30, 2026

अमेरिका र उत्तर कोरियाबीच गोप्य वार्ता भईरहेको खुलासा

Loading

एजेन्सी,चैत ।
अमेरिकी र उत्तर कोरियाली अधिकारी बीच गोप्य रुपमा पहिलोपटक प्रत्यक्ष वार्ता भइरहेको सिएनएनले जनाएको छ । वास्तवमा यो गोप्य वार्ता राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाली नेता किम जोङसँग तय भएको बैठकको तयारीमा भइरहको बताइएको छ ।  वार्तापूर्व विभिन्न विषयमा कूटनीतिक छलफल तथा व्यास्थापनको योजना अघि बढाउन दुवै देशबीच गोप्य वार्ता जारी रहेको बताइएको छ । केन्द्रिय खुफिया एजेन्सीका निर्देशक माइक पोम्पेओले नेतृत्व गरेको टोलीले विशेषगरी ट्रम्प–किम बैठकका लागि उपयुक्त स्थानको छनौट गर्न यसअघि पनि उत्तरका खुफिया अधिकारीसँग थुप्रैपटक भेट गरिसकेको बताइएको छ ।
उत्तर कोरियाले अहिलेसम्म किमले ट्रम्पलाई आमन्त्रण गरेको सम्बन्धि स्पष्ट घोषणा नगरेपनि दक्षिणका प्रतिनिधिमार्फत उत्तर कोरियाले ट्रम्पको सहमतिबारे जानकारी पाइसकेको बताइएको छ । त्यसैले कोरियाली प्रायद्विपलाई परमाणु हतियार मुक्त बनाउनेमा किमले पनि ट्रम्पसँग छलफल गर्ने चाहाना व्यक्त गरिरहेकाले नै उत्तर कोरियाका तर्फबाट धेरै तयारी अघि बढाइएको बताइएको छ ।
यस्तोमा उत्तरका अधिकारीहरुले भने उनीहरुकै देशको राजधानी प्योङयोङमा बैठक बस्न जोड दिइरहेका छन् । तर अमेरिकाले सहमति नजनाएपछि मंगोलियाको राजधानी उलानबटार पनि सम्भावित स्थान हुन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed