Breaking News.... EverestOnlineKhabar
May 1, 2026

फिल्म ’पद्मावत’ हेरेपछि रणबिरलाई अमिताभको पत्र

Loading

एजेन्सी । बलिउडका हस्ती अमिताम बच्चनले फिल्म ’पद्मावत’ हेरेपछि अभिनेता रणबिर सिंहलाईे हस्त लिखित पत्र पठाएका छन । उक्त पत्रलाई रणबिरले आफ्नो अवार्डको संज्ञा दिंदै ट्विटरमार्फत खुशी पोखेका छन । उनले लेखेका छन,’मुझे मेरा अवार्ड मिल गया।’

रणबिरले आधिकारिक ट्विटरमा पत्र र फूलको फोटो पोस्ट गरेका छन्। पद्मावतमा उनले गरेको अभिनयका लागि अमिताभ बच्चनले उक्त पत्र पठाएका हुन्।

फिल्म पद्मावतमा एन्टागोनिस्टका रुपमा स्थापित उनले सुल्तान अलाउद्दिन खिलिजको भूमिका निर्वाह गरेका छन्। पद्मिनीप्रतिको लगावका कारण उनले चित्तरोमा युद्ध गर्छन्।

रणबिरले यसअघि पनि सन् २०१५ मा फिल्म ’बाजिराव मस्तानी’मा गरेको अभिनयका लागि पनि बच्चनबाट तारिफसहितको पत्र पाएका थिए। जसमा उनले पेशवा बाजिरावको भूमिका निभाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed