Breaking News.... EverestOnlineKhabar
May 4, 2026

सन्दिप लामिछाने आइपीएलमा सेलेक्ट, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो

Loading

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पीनर सन्दिप लामिछाने आईपीएल क्रिकेटका लागि छनोट भएका छन । लामिछानेलाइ दिल्ली डेयरडेभिल्सले २० लाख रुपैयाँमा किनेको हो ।

आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीर, ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह लगायत छन । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ –‘आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी’ ।

दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न भने सन्दिपले अझै एक खुड्किलो पार गर्नु पर्ने हुन्छ । खेल्नका लागि त उनी फस्ट इलाभेनमा पर्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed