Breaking News.... EverestOnlineKhabar
May 4, 2026

आठौँ क्यान इन्फोटेक मेला पोखरामा फागुन ४ बाट

Loading

काश्की । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीले आगामी फागुन ४ देखि ८ गतेसम्म यहाँ आठौँ क्यान इन्फोटेक मेला गर्ने भएको छ ।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरिने सो मेलामा कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धमा भएका अत्याधुनिक एवं नवीनतम प्रविधिका बारेमा जानकारी दिइने छ ।

मेलामा बृहत् सूचना प्रविधि तथा यस क्षेत्रमा स्थानीयस्तरमा गरिएका उत्पादनको प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, सूचना प्रविधि हाजिरीजवाफ, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा कार्यक्रम हुनेछन् ।

सूचना प्रविधिसँग सम्बन्धित १२० कक्ष रहने मेलामा नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्रीसमेत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed