![]()
बिबिसि । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ।
निशस्त्र नागरिकको शान्तिपूर्ण रूपमा बस्न पाउने अधिकारको हनन् गर्नेमात्र नभएर यसरी उनीहरूको ज्यानलिने जस्तो अपराधको जतिसुकै निन्दा गरेपनि नपुग्ने संयुक्त राष्ट्रसंघका महासचिव प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छन्। आक्रमणमा मारिएका व्यक्तिमा विदेशीहरु पनि परेका छन् । गत आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा आक्रमण भएको थियो । घटनामा १४० जना घाइते भएका थिए ।
आक्रमणको जिम्मा तालिबान आतङ्ककारी समूहले लिएको थियो ।


