![]()
गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता हुने बताउनु भएको छ ।
शनिबार गोरखामा सन्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले भन्नुभयो,–‘सकेसम्म माघमा सरकार गठन गर्छौं । एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ ।’
सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी एकता गरिसक्ने गरी गृहकार्य गरिएको उहाँले बताउनुभयो । वैचारिक, राजनीतिक लाइन के हुने ? संगठनात्मक नीति कस्तो बनाउने ? भन्नेबारे अहिले छलफल भइरहेको उहाँले बताउनुभयो ।
पार्टी एकताबारे शंका नगर्न आग्रह गर्दै श्रेष्ठले कसैल पनि एकता रोक्न नसक्ने दाबी गर्नुभयो ।


